
ललितपुर, २५ कात्तिक । दक्षिण एसियाली मुलुकमा विज्ञान क्षेत्रको अवस्था नाजुक रहेकाले युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आज विश्व विज्ञान दिवस–२०२० का अवसरमा आयाेजना गरीएकाे कार्यक्रममा यस्ताे बताइएकाे हाे ।
डिजिटल प्रविधिमार्फत आयोजना गरेको ‘समाजका लागि विज्ञान र विज्ञानसँग समाज’ कार्यक्रममा विज्ञानलाई मुलुकमा थप बढवा दिन विज्ञान कूटनीति, स्याटेलाइटमा आधारित सूचना र प्रविधि, विज्ञान पत्रकारिता, विज्ञान क्षेत्रमा महिलाको सहभागिता, विज्ञान शिक्षा र राष्ट्रिय नवप्रवर्तन डिजिटल नेटवर्कको भूमिकामा जोड दिनुपर्ने बताइएकाे थियो ।
नेपाल र नेपाल बाहिरका विषयमा पनि अध्ययन र अनुसन्धान गर्ने संस्था ग्लोबल इन्स्च्यिुट फर इन्टरडिस्प्लिनरी स्टडिज (जिआइआइएस) का निर्देशक डा.उत्तमबाबु श्रेष्ठले विज्ञानको सिमा निर्धारण नहुने भएकाले यस क्षेत्रमा युवा वैज्ञानिकको क्षमता बढाएर लानु उपयुक्त हुने बताए ।
मुलुकको पहिलो भूउपग्रह नेपालीस्याट–१ का निर्माता तथा जापानमा ‘बर्ड–३’ परियोजना प्रबन्धक इञ्जिनीयर आभाष मास्केले देश विकासमा रिमोट र कम्युनिकेशन दुई थरिका स्याटालइट अझै भित्र्याउन जरुरी रहेको औल्याए । शिक्षाविद् तथा महिला वैज्ञानिक फोरम नेपाल (डब्ल्युएसएफएन) का संयोजक प्रा.डा अन्जना सिंहले २१औं शताब्दीमा मुलुकका महिलाको समग्र अवस्था माथि उठ्न नसकेको गुनासो गरीन।
विज्ञान पत्रकार छत्र कार्कीले विज्ञानको विकासका लागि वैज्ञानिक र सञ्चारकर्मीबीच सञ्चारको प्रक्रिया बढ्नुपर्ने भनाइ राखे । नाष्टका प्रविधि सङ्काय प्रमुख डा.रवीन्द्र ढकालले विज्ञान र प्रविधिलाई समाजसँग जोड्न नवीन कार्यले महत्वपूर्ण भूमिका खेल्ने भएकोले मूलूकमा निर्माण भएका नयाँनयाँ प्रविधिलाई बढवा दिन नाष्टले नेशनल इनोभेसन डिजिटल नेटवर्क औजारको शुरुआत गरेको बताएका थिए ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



