यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     वैशाख १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरसहित अन्य देशको मुद्राको भाउ सामान्य तलमाथि भएको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५३ पैसा बिक्रिदर १३१ रुपैयाँ १३ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ १ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९६ रुपैयाँ २० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २१ पैसा रहेको छ ।

यस्तो छ आजको मूल्यसूची