
काठमाडौं, १७ वैशाख । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ ।
उसो त सेयर बजारमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको कार्यकाल देखि पछिल्लो पटक पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वसम्म आउँदा फाट्टफुट्ट बाहेक नकारात्मक लयमा नै गएको छ ।
लगातारकाे सेयर बजारकाे गिरावटले लगानीकर्ताको मनोबल घटाएको छ भने पर्ख र हेरको स्थितिमा पुर्याईरहेको छ । आज कुल कारोबार एक अर्ब नजिक पुगेको छ । सबै सूचकहरुमा रातै भएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा झरेको छ । नेप्सेमा १.०१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९५ अंकले घटेर ३५८.१४ विन्दुमा रहेको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । यसदिन जम्म २७१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३२ लाख ६ हजार ४सय ५० कित्ता सेयरको खरिदबिक्रीबाट ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँ ९४ पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ४ करोड २५ लाख १० हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य ३.३३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनआईबिएल ग्रोथ फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ८.८९ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




