
काठमाडौं, २६ कात्तिक । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आइपिओ निष्काशन मिति पछाडी सरेको छ । अब कम्पनीको आईपीओ मंसिर ३ गतेदेखि निष्काशन खुला हुने भएकाे छ । यसअघि कात्तिक २७ गतेबाट सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले निष्काशन मिति पछाडी सारेको हो ।
दोस्रो चरणमा कम्पनीले ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसअघि कम्पनीले आयोजना प्रभावितहरुको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । बिक्री नभएको पनि समाहित गरेर २ लाख ४३ हजार ९१० कित्ता कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन गर्न सक्ने भएका छन् । कुल शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।
सर्वसाधारणले कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । सर्वसाधारणले न्युनतम १० देखि १० हजार कित्तासम्म आवेदन गर्न सक्ने भएका छन् । ताेकिएकाे मितिमा पनि शेयर बिक्री नभए मंसिर ११ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरीएकाे छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



