
काठमाडौं, २६ कात्तिक । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको त्रैमासमा १० करोड ६४ लाख १ हजार खुद नाफा कमाएको छ । गएको वर्षको भन्दा १९५.९६ प्रतिशतले कम्पनीको खुद नाफा बढेको हो । कम्पनीको गएको वर्षको खुद नाफा ३ करोड ५९ लाख ५१ हजार रहेको थियो ।
अपि पावरको विद्युत बिक्री र आम्दानीमा राम्रो सुधार भएपछि नाफामा वृद्धि भएको हो । विद्युत आम्दानी ६ करोड ३८ लाख ५७ रुपैयाँबाट बढेर १४ करोड १२ लाख ५७ हजार पुगेको छ । अपि पावरको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रहेको छ ।
यसैबीच, अपि पावर कम्पनीको मंसिर ८ गते दुई आर्थिक वर्षको साधारण सभा बोलाईएको छ । सभामा आर्थिक वर्ष ०७५, ०७६ केृ नाफाबाट ५ प्रतिशत बोनस र ०७६, ०७७ को नाफाबाट ९ प्रतिशत बोनस वितरणको प्रस्ताव गरिने भएको छ ।
कम्पनीको कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद शेयर बिक्री भईरहेको छ । प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ८ पैसामा वृद्धि भएर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ भने प्रतिशेयर कुल मूल्य १०९ रुपैयाँ ८२ पैसामा वृद्धि भएर १२४ रुपैयाँ ३० पैसा पुगेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



