भारतले घटाएर पठायाे पेट्रोलियम पदार्थको मूल्यसूची

-



     सफल आवाज    
     वैशाख १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ वैशाख । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएकाे छ । आईओसीले नेपाललाई घटेको पेट्रोलियम पदार्थको मूल्यसूची पठाएको हाे ।

नेपाल आयल निगमका अनुसार मे १ मा आईओसीले पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले घटेको मूल्यसूची पठाएको हो ।

अहिले नेपाली बजारमा पेट्रोलकाे भाउ प्रतिलिटर १ सय ७५ रुपैयाँ रहेकाे छ । डिजेल र मट्टितेलकाे भाउ १ सय ६५ रुपैयाँ रहेकाे छ । हवाई इन्धनकाे भाउ १ सय ६० रुपैयाँ रहेकाे छ भने खाना पकाउने ग्याँस भरेकाे प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ रहेकाे छ ।

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले यसका बारेमा केहि बताएकाे छैन । पछिल्लो पटक आयल निगमले डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँले कटौति गरेको थियो ।