
काठमाडाैं, १९ बैशाख । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २ दिने शाखा प्रबन्धक दक्षता विकास तालिम कार्यक्रम चितवनको सौरहा स्थीत चितवन प्याराडाइज होटलमा सम्पन्न गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले उद्घाटन गरेको कार्यक्रममा विभिन्न जिल्लाका गरि ३३ वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।
तलिम कार्यक्रममा संस्था नायब कार्यकारी अधिकृत सरोज कुमार सिंह, कर्जा विभाग प्रमुख ललित प्रसाद चौधरी, मानव संसाधन तथा सामान्य प्रशासन विभाग प्रमुख रमेश चौधरी, कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख विजय यादव लगायतले सहजिकरण र प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ बारे छलफल, कर्मचारी अनुशासन, लेखापरिक्षण, कर्जा सदुपयोगीता, जोखिम व्यवस्थापन लगायतको विषयमा सहजिकरण गरिएको थियो ।
तालिम कार्यक्रमलाई समापन गर्दै प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले कर्मचारीहरुलाई सेवाग्राही सदस्यहरुको गुनासो व्यवस्थापन गर्न, सकारात्मक भावना सहित उच्च मनोबल राख्दै गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




