
काठमाडौं, १९ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
आधा सूचकांकहरु ऋणात्मक भएका छन् भने कारोबार रकम पनि निकै घटेको छ । लगातारको सेयर बजारको नकारात्मक यात्राको कारण लगानीकर्ताहरुको मनोबल घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा झरेको छ । नेप्सेमा ०.२३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.१२ अंकले घटेर ३५७.०२ विन्दुमा रहेको छ ।
कुल १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । ७ वठामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ ।
कुल २७१ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २३ लाख ३६ हजार ६२५ कित्ता सेयरको खरिदबिक्रीबाट ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ १९ पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमालय डिस्टलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २ करोड ४४ लाख ४९ हजार ८८३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ८.२० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडको सेयरमूल्य बढेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




