एकैदिन १८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     वैशाख २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० वैशाख । बुधबार सुनचाँदीको भाउ भारि मात्राले बढेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउमा १ हजार ८ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ८ हजार ८ सय रुपयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले बढेर तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेर कारोबार भएको थियो ।