
काठमाडाैं, २० बैशाख । खल्ती डिजिटल वालेटले थापाथली क्याम्पसको शुल्क भुक्तानी डिजिटली लिन पहिलो डिजिटल वालेटको रुपमा साझेदारी गरेको छ। यस सुविधा अन्तर्गत थापाथली क्याम्पसका विद्यार्थीहरूले अब शिक्षाको जुनसुकै तहमा दर्ता गर्न, भर्ना गर्न, ट्युसन शुल्क, परीक्षा शुल्क र अन्य शुल्क भुक्तानी गर्न सक्नेछन्।
खल्तीसँग साझेदारीको सुरुवात गरि थापाथली क्याम्पसले डिजिटलाइजेसनमा एक कदम अगाडि बढाएको बताएकाे छ। साथै यसले विद्यार्थी, संकाय र कर्मचारीहरुको अनुभव सहज बनाउँदै लाने विश्वास लिएकाे छ।
यस साझेदारीको बारेमा बोल्दै, खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हामी थापाथली क्याम्पससँग साझेदारी गरि झन्झटमुक्त र सुरक्षित शुल्क भुक्तानीको सुविधा प्रधान गर्न पाउँदा उत्साहित छौं। यो साझेदारीले अन्य शैक्षिक संस्थाहरूलाई पनि डिजिटलाइजेसन प्रति प्रोत्साहित गर्न र प्रयोगकर्ताको अनुभव अझ राम्रो गर्ने कुरामा हामी बिश्वस्त छौँ।”
हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि भएको छ।
सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको जनाएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




