नेप्से परिसूचक १७०० माथि, कारोबार रकम ४ अर्ब नाघ्यो

-



     सफल आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ कात्तिक । साताको चौथौ दिन बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक बढेर १ हजार ७ सय माथि पुगेको छ ।

अघिल्लो कारोबार मंगलबार करिब २६ अंकले उकालो लागेको नेप्से परिसूचक २८.८९ अंकले बढेर १ हजार ७ सय माथि नाघेको छ । नेप्से परिसूचक बढेर १ हजार ७ सय ७ दशमलव ६७ अंक पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स १.५८ प्रतिशत अर्थात ५.२३ अंकले बढेको छ ।

कारोबार पनि मंगलबारकै हारहारीमा भएको छ । दिनभर भएका ३६ हजार ८ सय ९३ कारोबारबाट १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट १ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ ।