
काठमाडौं, २२ वैशाख । आशा लघुवित्त वित्तीय संस्थाकाे नाफा घटेकाे छ । नाफाका साथ लघुवित्तकाे इपिएस पनि घटेकाे छ । संस्थाकाे प्रकाशित यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार खुद नाफा र प्रतिशेयर आम्दानी इपिएस अघिल्लाे वर्षकाेभन्दा घटेको हाे।
चैतकाे अन्तिमसम्म लघुवित्तले ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएकाे छ। यो नाफा गएकाे वर्षकाे सोही अवधिकोभन्दा ७३.२४ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही समयमा लघुवित्तकाे नाफा १२ करोड ३४ लाख रुपैयाँ नाफा थियाे ।
संस्थाकाे खुद ब्याज आम्दानी २७.९५ प्रतिशतले घटेकाेर छ । खुद शुल्क तथा कमिशन ८.३१ प्रतिशतले घटेको छ। सञ्चालन आम्दानी २६.८३ प्रतिशत तथा सञ्चालन नाफा ७३.२८ प्रतिशतले घटेको छ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसा घटेर ११ रुपैयाँ ५४ पैसा भएकाे छ। मूल्य आम्दानी अनुपात ६४.९४ गुणा छ भने नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ।
लघुवित्तको जगेडा कोषमा रुपैयाँ १७ करोड ४४ लाख रहेकाे । रुपैयाँ ४ अर्ब ५८ करोड ५६ लाख निक्षेप देखिएकाे छ भने सापटीमा रुपैयाँ ५ अर्ब १८ करोड ७७ लाख कर्जा प्रवाह गरिएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




