रुपैयाँ १२ सयले सस्तियो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ १२ सयले गिरावट भएको छ । चाँदीमा बिहिबारकै भाउ कायम भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १२ सयले घटेर तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ११ हजार ८ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सार्वजनिक बिदा परेको कारण नयाँ भाउ कायम गरिएको थिएन ।

तेजाबी सुनमा पनि रुपैयाँ १२ सयले घटेर तोलाको १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज स्थिर रहेको छ । चाँदी स्थिर रहि बिहिबारकै भाउ तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा नै कारोबार भईरहेको छ ।