आज अमेरिकी डलरको भाउ स्थिर, अन्यको कस्तो ?

-



     सफल आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ वैशाख । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ५९ पैसा बिक्रिदर १३१ रुपैयाँ १९ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ५६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ पैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ २ पैसा रहेको छ ।

आजको मूल्यसूची