नेप्सेमा करेक्सन, ५८ करोड ७५ लाखको कारोबार

-



     सफल आवाज    
     वैशाख २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा पुनः करेक्सन भएको छ । अर्थ बजारका जानकारहरुका अनुसार यसमा सधैं मनोबैज्ञानिक असरहरु परिरहन्छन् ।

अर्थ बजारमा राजनीतिक उतारचढाव, सरकारको स्थिरता, नियमनकारी निकायको उदासिनता, मौद्रिक नीति लगायतका घटाक्रमले यो प्रभावित बन्ने गरेको छ ।

सरकारले यतिबेला आर्थिक वर्ष २०८०÷२०८१ को बजेटको काम गरिरहेको छ । यसका बारेमा संसदमा छलफल भईरहेको छ । यसले पनि लगानीकर्ताहरुलाई पर्ख र हेरको अवश्थामा पुर्याएको छ ।

नेप्सेमा आज झिनो २.४३ अंकले गिरावट हुँदा नेप्से परिसूचक १८४१.९३ विन्दुमा झरेको छ । नेप्सेमा ०.१३ प्रतिशतले गिरावट भएको हो । यसदिन सेन्सेटिभ इण्डेक्स ०.४५ अंकले घटेर ३५३.८० विन्दुमा रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन कुल २६५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १९ लाख ३७ हजार ५४२ कित्ता सेयरको खरिदबिक्रीबाट ५८ करोड ७५ लाख ९० हजार २३ रुपैयाँ ७२ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये पाँच वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ८ वटा उपसमूहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आप पनि हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३ करोड ५४ लाख ४७ हजार २४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ८.५१ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै ९.५ प्रतिशत एनसिसि डिबेन्चर २०८६ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य ७.२४ प्रतिशतले घटेको छ ।