
काठमाडौं, २८ वैशाख । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंकले गिरावट भएको छ । तीनवटा उपसमूह बाहेक बाँकी १० वटा राताम्मै भएका छन् । काराेबार रकममा पनि उल्लेखनीय प्रगति हुन सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ३ वटामा हरियो लागेको छ । बाँकी १० वटामा रातो लागेको छ । उनीहरुकाे सेयर घटेकाे छ । यसदिन कुल २५९ कम्पनीको सेयर कारोबार भएको छ । उनिहरुको २१ लाख ५ हजार ६५७ कित्ता सेयरको खरिदबिक्रीबाट ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँ ५२ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३ करोड १५ लाख ६ हजार ३६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ५.९९ प्रतिशतले घटेकाे छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




