कालिञ्चोक दर्शनको नाफा र इपीएस दुबै बढ्याे

-



     सफल आवाज    
     वैशाख ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ वैशाख । कालिञ्चोक दर्शनकाे तेस्राे त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित भएकाे छ । साे विवरण अनुसार कम्पनीको खुद नाफा बढेकाे देखिएकाे छ ।

पहिलो ९ महिनामा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको पाइएकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ४५.४२ प्रतिशतले बढी हो। गएकाे वर्ष कम्पनीको नाफा १ करोड ५६ लाख रुपैयाँ रहेकाे थियो। कम्पनीको आम्दानीमा भएकाे बृद्धिसँगै खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४ करोड ५९ लाख रुपैयाँ थियो।

कुल आम्दानी १६.८१ प्रतिशत तथा अन्य आम्दानी ९७.४५ प्रतिशतले बढेको छ। कम्पनीको इपीएस प्रतिसेयर पनि बढेको छ। इपीएस ७१ पैसा बढेर ५ रुपैयाँ ५ पैसा कायम भएकाे छ।

चैत मसान्तसम्म नेटवर्थ ९७ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी रेसियाे ९९.३६ गुणा छ। जगेडा कोषमा १ करोड ७२ लाख रुपैयाँ रहेकाे छ । याे ऋणात्मक हाे । चुक्ता पूँजी रुपैयाँ ६० करोड रहेकाे छ ।