
काठमाडौं, ३१ वैशाख । मोदी इनर्जीको सेयर (आइपीओ) आज बाँडफाँड सम्पन्न भएको छ । आवेदन स्वीकृत भएका ५ लाख ६१ हजार २२६ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीकाे सेयरमा १२ लाख ३६ हजार २६९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरुमध्ये ६ हजार ५२८ जनाको आवेदन रद्द अस्वीकृत गरिएकाे थियाे । सर्वसाधारण लगानीकर्ताका लागि ५६ लाख १२ हजार २६० कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएकाे छ।
कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म सेयर निश्काशन गरेकाे थियाे। जसमा ३ लाख २२ हजार २८० कित्ता सामूहिक लगानी कोषका रहेकाे छ । १ लाख २८ हजार ९१० कित्ता कर्मचारीका लागि रहेकाे छ । सर्वसाधारणका लागि ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्कासन गरिएकाे हाे।
यसअघि कुल ७२ लाख ५० हजार कित्ता सेयरबाट २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि बाँडफाँड भइसकेकाे छ। यस्तै ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएकाहरुकाे लागि बाँडफाँड भइसकेकाे छ ।
सेयर परे नपरेकाे बारेमा थाहा पाउन बिक्री प्रबन्धक सनराइज क्यापिटल र मोदी इनर्जीको वेबसाइटबाट हेर्न सकिन्छ। यस्तै https://iporesult.cdsc.com.np बाट पनि थाहा पाउन सकिन्छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




