नेप्सेमा सामान्य अंकको बृद्धि, कारोबार ६४ कराेडमा सिमित

-



     सफल आवाज    
     जेठ २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ जेठ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा सामान्य अंकको बृद्धि देखिएको छ । यसले लगानीकर्तामा खुसि थपिए पनि कारोबार रकमको पारो भने उल्लेखनीय रुपमा बढ्न सकेन ।

नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ३.२९ अंकले बढेर १८२१.६० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले घटेर ३४९ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये दुई वटामा रातो लागेको छ । उनीहरु दुबैको सेयर घटेको छ । बाँकी ११ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

यसदिन कुल २६९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको २० लाख ६३ हजार ७३७ कित्ता सेयरको खरिदबिक्रीबाट ६४ कराेड १ लाख १७ हजार २६० रुपैयाँ ५२ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआईसि एशिया बैंकको सेयर कारोबार भएको छ । कम्पनीको ५ करोड १ लाख ४६ हजार ३६१ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सेयरमूल्य आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बढेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै माईखोला हाइड्रोपावर लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।