सानिमा जीआइसी इन्स्याेरेन्सले डाक्याे साधारण सभा, के के छन् एजेण्डा ?

-



     सफल आवाज    
     जेठ ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ जेठ । सानिमा जीआइसी इन्स्याेरेन्स कंम्पनीले पाँचौं साधारण सभा जेठ ३२ गते डाकेकाे छ । कम्पनीकाे साधारण सभा कालिकास्थानमा रहेकाे अमृतभोग पार्टी प्यालेसमा डाकिएकाे हाे । सभा उक्त दिन पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभाले संस्थापक सेयरधनीको तर्फबाट ३ र सर्वसाधारण सेयरधनीबाट ३ गरेर ६ जना सञ्चालकहरु चयन गर्नेछ । 

सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनका बारेमा छलफल गरिने भएकाे छ । सभाका लागि आर्थिक वर्ष २०७९–८० को लागि लेखापरिक्षककाे नियुक्त तथा पारिश्रमिक ताेक्ने लगायतका प्रस्ताव हुनेछन्। सभामा लाभांश वितरणकाे प्रस्ताव भने नरहेकाे जनाइएकाे छ ।

साधारण सभाकाे प्रयोजनार्थ कम्पनीले जेठ १२ गते बुक क्लोज हुने जनाएकाे छ । यसका लागि जेठ ११ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएका सेरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् ।

सानिमा जनरल र जनरल इन्स्याेरेन्स एकापसमा गाभिएपछि गएकाे वर्ष कात्तिक ७ गतेबाट सानिमा जीआइसी इन्स्याेरेन्सको नामबाट एकीकृत कारोबार हुँदै आएकाे छ ।