सेयर बजारमा हरियाली, कारोबारमा शिवम सिमेन्ट अब्बल

-



     सफल आवाज    
     जेठ ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । नेप्सेमा सकारात्मक माहोलले लगानीकर्तालाई खुसी बनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.३५४ अंकले बढेर १८४५.०१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४ अंकले बढेर ३५२.९४ विन्दुमा पुगेको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । यसदिन कुल २६६ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २५ लाख ७७ हजार २१० कित्ता सेयरको खरिदबिक्रीबाट ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ ४६ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ५ करोड ४४ लाख ५६ हजार ९३५ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आज सबैभन्दा धेरै माइखोला हाइड्रोपावर लिमिटेडको सेयरमू्ल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.९३ प्रतिशतले घटेको हो ।