अमेरिकी डलरको भाउ बढ्यो, यूरोकाे घट्यो

-



     सफल आवाज    
     जेठ ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोलगायतका देशको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ५२ पैसा बिक्रिदर १३२ रुपैयाँ १२ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ २६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३६ पैसा रहेको छ ।

आजको मूल्यसूची :