खतिवडा अमेरिकाको राजदूत बन्ने पक्का,संसदीय समितिबाट अनुमोदन

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । प्रस्तावित तीन राजदूतहरुको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । बिहीबार लामो छलफल पछि समितिले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस अनुमोदन गरेको हो ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले उनीहरुलाई राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए ।

अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ताहरु सम्पर्कविहीन थिए । उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाइ समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको थियो ।