जेठ २२ गतेदेखि हकप्रद सेयर जारि गर्दै हिमाल दोलखा हाइड्रोपावर

-



     सफल आवाज    
     जेठ ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ जेठ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ २२ गतेदेखि १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ। कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर जारि गर्ने भएकाे हो।

कम्पनीका अनुसार १ कित्ता बराबर नयाँ ०.७५ कित्ता सेयर जारि गेर्न भएकाे हो। १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरकाे १ करोड २० लाख कित्ता हकप्रद जारि हुनेछ ।

यसका लागि कम्पनीले बैशाख २७ मा बुकक्लोज गरेको थियो। बैशाख २६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले मात्रै हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि असार १० गतेसम्म आवेदन पेश गर्न पाइनेछ।

लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले ४.५ मेगावाटको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाटको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।