बढ्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

-



     सफल आवाज    
     जेठ ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर, यूरोलगायतका देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९६ पैसा बिक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ १ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ २८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ९१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ १० पैसा र बिक्रीदर ९८ रुपैयाँ ५५ पैसा रहेको छ ।

आजको मूल्यसूची :