यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको भाउ

-



     सफल आवाज    
     जेठ ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आईतबार आजका लागि सुनचाँदीको भाउ निर्धारण गरेको छ ।

साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघका अनुसार यसदिन सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।