नेप्सेमा दोहोरो अंकको बृद्धि, साढे १ अर्बको कारोबार

-



     सफल आवाज    
     जेठ ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ जेठ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

नेप्सेमा दाहोरो अंकको बृद्धि भएको छ । तर आजको बढोत्तरी सामान्य अंकको रहेको छ । नेप्सेमा आएको सकारात्मक दृश्यले सेयर लगानीकर्ताहरुको मनोबल बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३१ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा रहेको छ ।

यसदिन कुल १३ वटा उपसमूहरुमध्ये चार वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ९ वटा उपसमूहहरुमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

यसदिन कुल २७३ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४८ लाख २८ हजार ७७६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँ ५३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड १७ लाख ६५ हजार ४८० रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा बढी आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.५६ प्रतिशतले घटेको हो ।