
काठमाडौं, ८ जेठ । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि ६ लाख ९६ हजार ३३० कित्ता सेयर आईपीओ निष्काशनमा गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि सेयर निष्काशन र बाँडफाँड गरेपछि सर्वसाधारणका लागि सेयर खुलाउने भएकाे हो।
कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ताबाट ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि र २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारि गरेकाे थियो। ८७ लाख ६७० कित्ता बाँडफाँड गरिएकाेमा १ लाख ९२ हजार ३३० कित्ता बाँकी रहेकाे थियो।
कम्पनीले पहिले बिक्री नभएकाे थपेर ६ लाख ९६ हजार ३३० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो। साे सेयरबाट १५ हजार ४७ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। ३७ लाख ६१६ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । इच्छुक लगानीकर्ताले ६ लाख ४३ हजार ६६७ कित्ताका लागि आवेदन दिन पाउने भएका छन्।
सेयर लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा जेठ ३२ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले सञ्चालन गरिरहेकाे ३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत आयोजनाको कुल लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ । यसकाे विद्युत उत्पादन अनुमति २९ वर्ष ११ महिना बाँकी रहेको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




