सुनको भाउ स्थिर, चाँदीमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ स्थिर रहि कारोबार भईरहेको र चाँदीमा रुपैयाँ १० ले घटेको जनाएकाे हो ।

आज छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

यसदिन चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार तीनसय पचासी रुपैयाँमा कारोबार भएको थियो ।