
काठमाडौं, २८ कात्तिक । शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेका दुई बैंक हिमालयन बैंक र नेपाल एसबीआई बैंकको प्रगति कमजोर देखिएको छ । नाफा घटाएका यि बैंकहरुको अन्य सूचकहरु पनि कमजोर देखिएका छन् ।
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको आम्दानीसँगै खुद नाफा पनि घटेको देखिएको छ।
बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड ८३ लाख रुपैयाँ अर्थात ४७।२९ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी घटेका कारण नाफामा गिरावट आएको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६२ लाख ६२ हजार रुपैयाँ मात्र रहेको छ।
यस बैंकको खुद ब्याज आम्दानी ३७ करोड ९९ लाख रुपैयाँ घटेर ९३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४७ करोड २७ लाख रुपैयाँ घटेर ५१ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।
९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ९७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब ५० करोड ४६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ७२ करोड र रिटेन्ड अर्निङ्गमा २ अर्ब ४९ करोड रुपैयाँ थियो।
पछिल्लो तीन महिनामा बैंकको निक्षेप १२ खर्ब ५२ अर्ब रुपैयाँबाट बढेर १२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा १० खर्ब १७ अर्बबाट घटेर ९९ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ।
यसैगरी नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले २० करोड ५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोड ६७ लाख रुपैयाँ अर्थात ५४।१४ प्रतिशत कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट र अन्य सञ्चालन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ५८ लाख ३० हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३ करोड ७३ लाख रुपैयाँ घटेर ५९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३३ करोड ८६ लाख रुपैयाँ घटेर २८ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ।
८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४१ करोड रुपैयाँ थियो।
पछिल्लो तीन महिनामा बैंकको निक्षेप १ खर्ब १० अर्ब ४४ करोड रुपैयाँबाट बढेर १ खर्ब १२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने कर्जा ८९ अर्ब ६१ करोडबाट घटेर ८६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



