नेप्सेमा ५१.३१ अंकको बृद्धि, २ अर्ब २० करोडको कारोबार

-



     सफल आवाज    
     जेठ ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ जेठ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । यसदिन हरियाली वातावरणका साथ कारोबार रकममा पनि निकै सुधार भएको छ । नेप्सेमा छाएको सकारात्मक लयको कारण लगानीकर्ताहरु उत्साही भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.७१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.८५ अंकले बढेर ३६७.७४ विन्दुमा रहेको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । यसदिन कुल २७१ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ६० लाख ६७ हजार ४३२ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँ ८७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड ५ लाख १५ हजार ४३९ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सनराईज फष्ट म्युचुअल फण्डको सेयरमुल्य घटेको छ । सो फण्डको सेयरमूल्य २ प्रतिशतले घटेको हो ।