
काठमाडौं, २८ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ६६ लाख ६५ हजार रुपैयाँ रहेको छ।
बैंकको खुद ब्याज आम्दानी १४ करोड १४ लाख रुपैयाँ बढेर १ अर्ब ९८ करोड १५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २ करोड ८४ लाख रुपैयाँ बढेर १ अर्ब ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ।
उता नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ५७ करोड ११ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ८६ लाख रुपैयाँ अर्थात ४१।९० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरिमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा बढ्न टेवा पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५ करोड ८९ लाख २५ हजार रुपैयाँ रहेको छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



