युनिक नेपाल लघुवित्तको एफपीओकाे आवेदन खुल्ला

-



     सफल आवाज    
     जेठ ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ जेठ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि एफपीओ खुल्ला गरेकाे छ । संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर खुलाएकाे हाे ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था एक भएर बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत रहेकाे छ ।

सेयर लगानीकर्ताले जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ। सेयरमा घटीमा १० तथा बढीमा १०० कित्ताका लागि आवेदन दिन पाइनेछ।

संस्थाकाे चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ छ। एफपीओ बाँडफाँडपछि १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुजीँ पुग्ने भएकाे छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।