यस्तो छ अमेरिकी डलरसहित विदेशी मुद्राको दरभाउ

-



     सफल आवाज    
     जेठ १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९ पैसा बिक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ २४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ १३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७ पैसा रहेको छ ।

आजको मूल्यसूची :