
काठमाडौं, २८ कात्तिक । वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौँ उपत्यकामा थप बन्दाबन्दी थेग्न नसकिने बताएकाे छ । सङ्घले उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति समेत जनाएको छ ।
६ महिनाको बन्दाबन्दीपछि माथि उठ्न थालेकाे अर्थतन्त्रलाई पुनः थप गरिने बन्दाबन्दीलाइ मुलुकले थेग्न नसक्ने अवस्था रहेको सङ्घले आज गरेकाे बिज्ञिप्तमा जनाइएकाे छ । बिज्ञप्तिमा लेखिएकाे छ, सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरी लकडाउन गर्ने समाचार आएकाेप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
६ महिनाको बन्दाबन्दीले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित हुँदैन । यसले हजारौं श्रमिकले रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजिरोटीसमेत खोसिन्छ । वायुसेवा कम्पनी रु ६ अर्बभन्दा बढी घाटामा गइसकेको अवस्थामा थप व्यवभार थप्नु न्यायोचित हुँदैन ।
कोराेना भाइरसकाे सङ्क्रमणदर उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा लकडाउन गर्न उपत्यकाका मेयर फोरमले सुझाव दिएको थियो । महामारीकैबीच भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान तथा असोज ५ देखि आन्तरिक उडान शुरु भएको थियो ।
सरकारले मङ्सिर १ देखि सबै प्रकारका पर्यटकीय गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै सङ्घले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङसमेत आउन शुरु भइसकेको जनाएको छ । सङ्घले सरकारले ताेकेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्दै कोरोनाबाट बच्न सकिने जनाएकाे छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन पनि सङ्घले माग गरेको छ ।
बन्दाबन्दीका बीचमा समेत सङ्क्रमित बढिरहेको र कोरोना नियन्त्रणको उपाय पर्याप्त नभएकोले भन्दै सङ्घले महामारी नियन्त्रणमा पूर्वाधार तथा जनशक्ति परिचालन गरी सबैको सक्रियता चाहिने बताएकाे छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



