यस्तो छ आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ

-



     सफल आवाज    
     जेठ १४ गते २०८० मा प्रकाशित



काठमाडौ, १४ जेठ । आज साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन हो । यसदिन सुनचाँदीको भाउ के छ भनेर ग्राहकले सोधिखोजि गर्नु स्वाभाविक नै हुन्छ ।

अहिले नेपालमा बिस्तारै प्रिमनसुनकाे लहर चलेको छ । अर्थात वर्षायामका प्रारम्भका दिनहरुको आगमनसंगै नेपालीलाई बढी सक्रिय बनाउने दिनुहरु पनि शुरु भएका छन् ।

वर्षायामसंगै नेपालीका विभिन्न प्रकारका चाडपर्वहरु पनि लहरै आउछन् । विशेषत चाडपर्वको बेलामा गरगहना लगाउने चलन अनुसार ग्राहकले सुनको किनबेच गर्दछन् । बजारको माग अनुसारको धान्ने काम अझैं हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार विश्वमा भईरहेका आर्थिक उतारचढावका घटनाक्रमले सुनचाँदीको दर भाउमा पनि असर गर्ने गरेको बताउदै आएको छ ।

आईतबार बजार खुलेको पहिलो कारोबारको दिनमा छापावाल सुन ताेलाकाे १ लाख ८ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

तेजाबी सुन तोलाको रुपैयाँ १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । महासंघका अनुसार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।