सोमबार सुनचाँदीकाे भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको सुनचाँदी आईतबारकै मूल्यमा खरिदबिक्री भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ८ हजार १ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुनको भाउ तोलाको १ लाख ८ हजार १ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा आज कुनै परिवर्तन भएको छैन । चाँदीकाे स्थिर भाउ तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६० रुपैयाँमा नै खरिदबिक्री भएको थियो ।