
काठमाडौं १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्टाटर्अपलाई प्रोत्साहन गर्नका लागि १ अर्ब २५ करोड रूपैयाँकाे वजेट विनियोजन गरेको बताएका छन्।
डा. महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्दै साे कुरा बताएका हुन् । भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिने भएकाे हाे ।
नयाँ कम्पनी दर्ताका लागि अब कुनै शुल्क नलाग्ने भएकाे छ । न्यूनतम एक सय रूपैयाँ अधिकृत पूँजी राखेर कम्पनी खाेल्न सकिने कानुनी व्यवस्था गरिने भएकाे छ।
डा महतले अनलाइनबाट कम्पनी दर्ता र खारेजी गर्न सकिने बताए । स्टार्टअप इकोसिस्टम विकास गरिने तथा वैदेशिक लगानीलाई प्राेत्साहन गरिने भएकाे छ ।
सरकारले कृषि बीमाको अनुदानका लागि रु ९५ करोड विनियोजन गरिएकाे छ । कृषि तथा पशुपन्छी बीमामा कुल बीमाशुल्कको ८० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ । साे अनुदान वापतको रकम भुक्तानी गर्न रकम विनियाेजन गरिएकाे हो ।
यस्तै सरकारले दोहोरो कार्यक्षेत्र र औचित्य नभएका २० वटा सार्वजनिक संस्था खारेज गर्ने भएकाे छ । अर्थमन्त्री डा महतले आर्थिक बर्ष २०८०/८१ को बजेटबाट २० वटा सार्वजनिक संस्था खारेज गर्ने निर्णय गरिएको बताए ।
सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएको सुझाव बमोजिम औचित्य नभएका संस्थाहरु खारेज गर्ने र केहीलाई गाभ्ने निर्णय गरिएकाे सुनाए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




