बढ्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

-



     सफल आवाज    
     जेठ १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूराेको भाउ बढेको छ । साथै अन्य देशहरुको मुद्राको भाउ पनि बढेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४ पैसा बिक्रिदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ २१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा रहेको छ ।

आजको मूल्यसूची :