युनिक नेपाल लघुवित्तकाे एफपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     जेठ १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ जेठ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाकाे एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाले जेठ ११ गतेदेखि ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको सेयर निष्काशन गरेकाे थियाे ।

संस्थाकाे ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता सेयर निष्काशन गरेको थियाे । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था गाभिएर बनेकाेयुनिक नेपाल लघुवित्त वित्तीय संस्थामा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत छ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा १००० कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर अनलाइनबाट आवेदन दिन सकिनेछ।

चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ। एफपीओ वितरण गरेपछि चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्ने भएकाे छ। यसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेकाे छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।