
काठमाडौं, १८ जेठ । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आजदेखि सेयर आईपीओ बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुकाे लागि सेयर बिक्री गरेपछि सर्वसाधारणका लागि सेयर खुलाएकाे हाे।
कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ताबाट ५६ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारि गरेकाे थियाे ।
यस्तै २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि बिक्री गरेकाे थियाे । ८७ हजार ६७० कित्ता सेयर बिक्री तथा बाँडफाँड गरिएकाे । त्यसमा १ लाख ९२ हजार ३३० कित्ता बिक्री हुन बाँकी रहेको थियो।
सर्वसाधारणका लागि जारि गरिने सेयरमा थपेर ६ लाख ९६ हजार ३३० कित्ता सेयर खुलाउज लनगिएकाे हाे । यसमा १५ हजार ४७ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ३७ हजार ६१६ कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। सेयर लगानीकर्ताले ६ लाख ४३ हजार ६६७ कित्ताका लागि आवेदन दिन पाउनेछन्।
सेयर लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि जेठ २२ गतेसम्म आवेदन दिन पाउनेछन् । ताेकिएकाे मितिभित्र माग अनुसारकाे आवेदन नपरेमा जेठ ३२ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले ३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेकाे छ । यसकाे लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ । यसकाे विद्युत उत्पादन अवधि करिब ३० बाँकी रहेको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




