विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

-



     सफल आवाज    
     जेठ १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ५६ पैसा बिक्रिदर १३२ रुपैयाँ १६ पैसा रहेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ८० पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ९७ रुपैयाँ ७४ पैसा रहेको छ ।

आजको मूल्यसूची :