
काठमाडौं २१ जेठ । बिहान अर्थमन्त्री डा प्रकाशसरण महतकाे घर घेराउ गर्न पुगेका सेयर बजारका लगानीकर्तालाई प्रहरीले बिच बाटाेमै राेकेकाे छ । बिगत २ दिनदेखि सडक आन्दोलनमा रहेका उनीहरुले अब ब्रोकर कार्यालयमा गएर सूचीकरण प्रणाली बन्द गर्ने भएका छन्।
लगानीकर्ताहरुले शुक्रबार माइतीघर मण्डलामा जम्मा भएर अर्थमन्त्रीको घर घेराउ गर्ने र ब्रोकर कार्यालयमा गएर सूचीकरण प्रणााली बन्द गराउने बताएका थिए ।
सेयर लगानीकर्ताहरु सरकारले ल्याएकाे आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा राखिएकाे करकाे प्रावधानबाट सन्तुष्ट देखिएका छैनन् । उनीहरुले कर लगाएको भन्दै आन्दोलित हुनु परेकाे बताए ।
सरकारले हामीहरुमाथि व्यवसाय सरह नै कर लगाउन खोजेको छ । उनीहरुले भने, पूँजीगत लाभकर दीर्घकालिन रुपमा ५ र अल्पकालिन रुपमा ७.५ प्रतिशत हुनुपर्ने माग गरेका छन् । उनीहरुले करको दर परिमार्जन नगर्न र अहिलेकै व्यवस्था कायम राख्न माग गरे।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




