लगानीकर्ता र अर्थकाे सहमतीपछि सेयर बजारमा छायो हरियाली, कारोबारमा शिवम् सिमेन्ट अब्बल

-



     सफल आवाज    
     जेठ २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ जेठ । साताको सेयर कारोबार हुने पहिलाे दिन नेपाली सेयर बजारमा हरियाली छाएको छ । सेयर बजारमा छाएको हरियालीले लगानीकर्ताहरुको मनोबल उच्च भएको छ ।

पूँजीगत लाभ करको बारेमा असन्तुष्ट भई आन्दोलित लगानीकर्ताहरुले आज अर्थमन्त्रीको घर घेराउको प्रयास गरे । ब्रोकर कार्यालयको सेयर सूचीकरण प्रणालीमा अवरोध गरेपछि अर्थमन्त्रालय र उनीहरुबीच साविककै ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम हुने गरी नियम लागू हुने सहमतिपछि सेयर बजार उकालो लागेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.८४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.४९ अंकले बढेर ३६५.१० विन्दुमा पुगेको छ ।

यसदिन १३ वटै उपसमूहरुमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । कुल २७० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४५ लाख ५७ हजार १६९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको १५ करोड ८१ लाख ५४ हजार २३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै १२ प्रतिशत आईसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य १.९६ प्रतिशतले घटेको हो ।