मुक्तिनाथ विकास बैंकले ३ महिनामै कमायो २९ करोड भन्दा धेरै नाफा

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । मुक्तिनाथ विकास बैंकले खुद मूनाफामा राम्रो वृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममात्रै २९ करोड रुपैयाँ भन्दा बढी कमाएको छ ।

बैंकको खुद नाफा पनि २८.५८ प्रतिशतले बढेर २९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २२ करोड ८७ लाख ६४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा ३३.११ प्रतिशतले बढेर १५ करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि अत्यन्तै कम देखिएको छ ।