नविल बैंकको नाफामा झिनो गिरावट, ३ महिनामा कमायो १ अर्ब ३ करोड

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । मुनाफा आर्जनमा निकै अव्वल बैंक मानिने नविल बैंकको मूनाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार मूनाफा ७ प्रतिशत भन्दा धेरै घटेको हो ।

रिपोर्टमा उल्लेख भए अनुसार नबिलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ७।८२५ ले थोरै हो । अघिल्लो वर्ष यस बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १७.६९ प्रतिशत र ७.६७ प्रतिशतले खुम्चिंदा खुद नाफा पनि प्रभावित भएको देखिन्छ ।

अघिल्लो वर्ष ७४ करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको नबिलले यो त्रैमासमा बढाएर १ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः १३।३८५ र १६।०२५ ले बढाउन सफल भएको छ ।