अमेरिकी डलरको भाउ स्थिर, अन्यको कस्तो ?

-



     सफल आवाज    
     जेठ २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४० पैसा बिक्रिदर १३२ रुपैयाँ रहेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ८८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ ।

आजको मूल्यसूची :