सोमबार सुनचाँदी स्थिर मूल्यमा खरिदबिक्री हुँदै, तोलाको कति छ ?

-



     सफल आवाज    
     जेठ २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी आईतबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आइतबार पनि छापावाल सुन तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँमा नै कारोबार भएको थियो ।