सोमबार सेयर बजार राताम्मै, शिवम सिमेन्टको कारोबार अब्बल

-



     सफल आवाज    
     जेठ २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ जेठ ।आइतबार हरियाली छाएको सेयर बजारमा भोलिपल्ट आज सोमबार राताम्मै भएको छ ।

सेयर बजार मुलुकमा हुने राजनीतिक घटनाक्रम, अस्थिर सरकार, वित्तीय नीतिहरु, नियमन निकायको तदारुकता लगायतका विभिन्न कुराहरुले प्रभावित बन्ने गर्दछ ।

आईतबार अर्थमन्त्री घर घेराउमा गएका लगानीकर्ताहरुलाई प्रहरीले बीच बाटोमेृ रोकेको थियो भने त्यसको केहि बेरपछि उनीहरुले ब्रोकर कार्यालयको सेयर मूचीकरण प्रणालीमा अवरोध खडा गरेका थिए । त्यसको लगत्तै सरकार र लगानीकर्ताबीच पूँजीगत लाभ कर साविककै हुने सहमति भएपछि सेयर बजार उकालो लागेको थियो ।

बिगतमा पनि विभिन्न प्रकारका सहमतिहरु भएका तर उनीहरुको पूर्ण रुपले कार्यान्वयन नभएका दृष्टान्तहरुले आर्थिक विधेकले पनि सुविधाको सट्टा करले थिचेको अनुभव उनीहरुले गरेका छन् । कार्यान्वयन हुन्न कि हुन्न भन्ने आशंका विद्यमान रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा झरेको छ । नेप्सेमा ०.९१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.८८ अंकले घटेर ३६२.२२ विन्दुमा रहेको छ ।

सबै १३ उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । यसदिन कुल २७७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५६ लाख २० हजार ३८१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको १९ करोड ८९ लाख ५६ हजार ३५३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडकाको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ४.५० प्रतिशतले घटेको छ ।