सुन तोलाको १ लाख १२ हजार ५ सय पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     जेठ २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ९ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको रुपैयाँ १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेर आईतबारकै भाउ कायम भई कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको थियो ।